उत्तराखण्डबाट ३५ नेपाली युवाको बन्धनमुक्त उद्धार, थप पीडितको खोजी जारी

10 दिन पहिले प्रकाशित

काठमाडौं, असार ८ गते ।  भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक रोजगारीको झुटो प्रलोभन देखाई विभिन्न जिल्लाबाट लगिएका ३५ नेपाली युवालाई बन्धक बनाइ राखिएको अवस्थामा उद्धार गरिएको छ। उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न बहानामा रकम असुलेको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा नयाँ दिल्लीस्थित नेपाली दूतावासले असार ५ गते उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहकार्यमा उद्धार गरेको हो।

उक्त घटनामा संलग्न केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ। यस्तै, उत्तराखण्डका अन्य स्थानहरूमा अझै नेपालीहरू बन्धक बनाइएको आशंका गरिएकोले उनीहरूको खोजी र उद्धार कार्य जारी रहेको दूतावासले जनाएको छ। उद्धार गरिएका सबै युवालाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी चाँडै नेपाल फर्काउने तयारी भइरहेको दूतावासद्वारा जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?