उदयपुरमा एकैदिन दुई युवायुवती मृत फेला, घटनाबारे अनुसन्धान सुरु

2 दिन पहिले प्रकाशित

काठमाडौं, असार ४ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक किशोरी र एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अन्दाजी १४ वर्षीया मन्जु राईको शव बाटो छेउमा लडिरहेको अवस्थामा भेटिएको हो भने अन्दाजी २८ वर्षीय रविन्द्र राई झुण्डिएको अवस्थामा केही दूरीमा फेला परेका हुन्। मन्जु सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् भने रविन्द्र केही दिनअघि मात्र काठमाडौँबाट घर फर्किएका थिए। मृतकहरू छिमेकी रहेको खुलेको छ।

स्थानीयले बुधबार बिहान बाटोमा मन्जुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले खोजतलास गर्दा झन्डै दुई सय मिटर दूरीमा रविन्द्रको शव झुण्डिएको अवस्थामा भेटिएको हो। इलाका प्रहरी कार्यालय बेल्टारले दुबै शवलाई कानुनी प्रक्रिया पुर्‍याएर पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाएको छ। घटनाको कारण अझै स्पष्ट नभएको र विस्तृत अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी केदारमान दोङले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?