मुग्लिन–नारायणगढ सडकखण्डमा ढुंगा खस्दा दुई सवारीमा क्षति, मानवीय क्षति भने भएन

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ३ गते ।  मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलानजिक मंगलबार (असार ३) खसेको सुक्खा पहिरो हटाउने क्रममा माथिबाट खसेको ढुंगाले दुई सवारीसाधनमा क्षति पुर्‍याएको छ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाएर साना सवारीको आवागमन सुचारु गर्ने क्रममा एक हायस माइक्रोबसको छतमा ठुलो ढुंगा खसेको हो भने अर्को एम्बुलेन्सको अगाडिको सिसा चर्किएको छ। यद्यपि, घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाइएको छ।

सडक डिभिजनले अपराह्न ४:१० बजे सूचना जारी गर्दै यात्रुहरूलाई सतर्क रहन र सुरक्षित ढंगले यात्रा गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?