एमाले र एकीकृत समाजवादीका सय बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

14 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ३ गते । रौतहटको माधवनारायण नगरपालिका–५ मिठुअवामा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) पार्टीका सयभन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार आयोजित कार्यक्रममार्फत कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै औपचारिक रुपमा सदस्यता प्रदान गरे।

कांग्रेसमा प्रवेश गर्नेहरूमा कटहरिया प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिन्द सहनीसहित जयप्रकाश सहनी, गोपाल सहनी, रामएकवाल सहनी लगायतका नेता–कार्यकर्ताहरू छन्। कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताका अनुसार वडाध्यक्ष पद जितेको एकीकृत समाजवादीकै वडामा ठूलो संख्यामा कार्यकर्ता कांग्रेसमा प्रवेश गर्नु राजनीतिक दृष्टिले महत्वपूर्ण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?