तेजस्वी यादवको कटाक्ष : बिहारमा ‘जीजा आयोग’ र ‘मेहरारू आयोग’ बनाउने सुझाव

14 दिन पहिले प्रकाशित

एजेन्सी,, असार ३ गते । बिहार विधानसभा विपक्षका नेता तेजस्वी यादवले राज्य सरकारद्वारा गठित आयोगमा सत्तारुढ नेताका आफन्तहरू नियुक्त गरिएको भन्दै तीव्र आलोचना गरेका छन्। मंगलबार पटनामा पत्रकारहरूसँग कुरा गर्दै उनले व्यङ्ग्य गर्दै भने— "अब त बिहारमा जीजा आयोग, जमाई आयोग अनि मेहरारू आयोग नै गठन गर्नुपर्ने अवस्था आएको छ।"

मुख्यमन्त्री नितीश कुमार निकट नेताहरूलाई ‘भूँजा पार्टी’ भन्दै आलोचना गरेका यादवले मुलुकमा बेरोजगारी, महँगी र गरिबी चुलिंदै जाँदा सरकार गम्भीर नदेखिएको आरोप लगाए। प्रधानमन्त्री मोदीमाथि पनि उनले कटाक्ष गर्दै भने, “रासन बाँडेरै देश चलाउँछु भन्ने मानसिकता ठीक होइन। शिक्षा, रोजगार र जागिरजस्ता मुद्दामाथि पनि सरकारको ध्यान जानु आवश्यक छ।” बिहारमा आयोगहरू स्पेशल अरेन्जमेन्टका आधारमा बनाईएका भन्दै उनले 'परिवारवाद'को वास्तविकता यहीँ आएर हेर्न प्रधानमन्त्रीलाई सुझाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?