बिहार मन्त्रिपरिषद्को निर्णय: ६ शहर उडान योजनामा, पटनामा फाइव स्टार होटल निर्माण स्वीकृत
14 दिन पहिले प्रकाशित

एजेन्सी,, असार ३ गते । बिहारमा आसन्न विधानसभा निर्वाचनअघि आयोजित मुख्यमन्त्री नितीश कुमारको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले २० वटा एजेन्डामा स्वीकृति प्रदान गरेको छ। सो निर्णयअनुसार मधुवनी, वीरगञ्ज, मुंगेर, वाल्मीकिनगर, मुजफ्फरपुर र सहरसालाई केन्द्रीय ‘उडान योजना’मा समावेश गरिने भएको छ। यी सहरहरूमा साना विमानस्थलको विकासका लागि राज्य सरकार र भारतीय विमानपत्तन प्राधिकरणबीच सम्झौता भएको छ। हरेक विमानस्थलका लागि झण्डै १५० करोड रुपैयाँको स्वीकृति दिइएको छ।
मन्त्रिपरिषद्को बैठकले विकास योजनाहरू, प्रशासनिक स्वीकृति, आर्थिक प्रस्ताव तथा नियुक्ति प्रक्रिया जस्ता विषयमा पनि निर्णय गरेको छ। त्यस्तै, पटना स्थित पाटलिपुत्र अशोक होटलको स्थानमा पब्लिक प्राइभेट पार्टनरसिप (PPP) मोडलमा फाइव स्टार होटल निर्माणका लागि स्वीकृति दिइएको छ। सो प्रोजेक्ट कुमार इन्फ्रारेड इन्टरप्राइजेजलाई ६० वर्षको लिजमा दिइएको छ, जसको अवधि थप ३० वर्षसम्म विस्तार गर्न सकिनेछ। साथै, दलहन र तेलहनको न्यूनतम समर्थन मूल्यबारे पनि समर्थन कायम राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments