काठमाडौं,असार २ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको सोमबार बिहान निधन भएको छ। काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिइन्। शास्त्री २०४८ र २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित सांसद थिए। उनले उद्योग र श्रममन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए।
राजनीतिक दर्शनतर्फको योगदानका लागि शास्त्रीलाई गत वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा बिपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। हाल उनका दुवै छोरा विदेशमा रहेकाले उनीहरू स्वदेश फर्किएपछि मात्र अन्तिम संस्कार गर्ने तयारी भइरहेको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments