काठमाडौं, जेठ २९ गते । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ, नेपाल हस्तकला महासङ्घलगायत विभिन्न व्यवसायिक सङ्घसंस्थाले बिहीबार देशभरका सुनचाँदी पसल बन्द गराउँदै विरोध प्रदर्शन गरेका हुन्।
महासङ्घका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यका अनुसार सरकारले लगाएको करका कारण सुनचाँदी उद्योग नै संकटमा पर्ने खतरा देखिएको छ। कर खारेजीको माग गर्दै आन्दोलन थालेको बताउँदै व्यवसायीहरूले सुनको भन्सार महसुल ६ प्रतिशतमा सीमित गर्न र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति तथा नियमावली निर्माण गर्न आग्रह गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments