पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी, हिल्टन होटेलसम्बन्धी समाचारलाई लिएर साइबर मुद्दा
2 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ २८ गते । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। साइबर ब्युरोको अनुरोधमा अदालतले पक्राउ अनुमति दिएको प्रहरीले जानकारी दिएको छ। पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको हिल्टन होटेलसम्बन्धी समाचारका आधारमा साइबर अपराधको मुद्दा अगाडि बढाइएको हो।
पाठकले उक्त रिपोर्टमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको हिल्टन होटेलमा लगानी रहेको दाबी गरेका थिए। सो समाचारप्रति आपत्ति जनाउँदै प्रहरीमा उजुरी परेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। यो घटनाले अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको स्वतन्त्रतासम्बन्धी बहस पुनः चर्किएको छ।
कमेन्ट गर्नुहोस्
view comments