मेनपावर नवीकरणमा अब गुगल लोकेसन अनिवार्य, विभागको नयाँ निर्देश
3 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ २६ गते । वैदेशिक रोजगार विभागले इजाजत प्राप्त संस्थाहरू (मेनपावर) को नवीकरण प्रक्रियामा गुगल प्लस कोड अनिवार्य गरेको छ। अबदेखि मेनपावर कम्पनीहरूले कार्यालयको ठेगाना खुल्ने गरी डिजिटल लोकेसन (गुगल लोकेसन) उपलब्ध गराउनुपर्नेछ।
विभागले सोमबार जारी गरेको सूचनामा वैदेशिक रोजगार ऐन २०६४, नियमावली २०६४, सुशासन ऐन २०६४ तथा अन्य प्रचलित कानुनअनुसार कम्पनीहरूलाई वार्षिक रूपमा नवीकरण गर्नुपर्ने र सो क्रममा गुगल लोकेसन पेस गर्नु पर्ने उल्लेख गरिएको छ। प्लस कोड कम्पनीको वेबसाइटमा पनि अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।
नयाँ व्यवस्थाले वैदेशिक रोजगारमा संलग्न इजाजत प्राप्त संस्था, शाखा कार्यालय, अभिमुखीकरण तालिम केन्द्र, सिप विकास तालिम प्रदायक संस्थालगायतले गुगल म्याप सहितका विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यसमा सञ्चालक र कर्मचारीहरूको विवरण पनि संलग्न हुनुपर्नेछ।
विभागले नियम उल्लङ्घन गरे कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। यो व्यवस्था लागू गर्नुको उद्देश्य नवीकरण प्रक्रियामा पारदर्शिता, भौगोलिक प्रमाणिकता र नियमन सुदृढ गर्नु रहेको विभागले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments