मधेश प्रदेश सरकारले ‘हेल्लो सिएम’ कार्यक्रममार्फत प्रदेशवासीसँग प्रत्यक्ष संवाद सुरु गर्ने
7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २६ गते । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा ‘हेल्लो सिएम’ नामक विशेष कार्यक्रम सार्वजनिक गरेको छ। यस अन्तर्गत प्रदेशवासीले आफ्ना गुनासो, सुझाव र समस्याहरू मुख्यमन्त्री कार्यालयमा सिधै राख्न सक्नेछन्।
मुख्यमन्त्री सतीश कुमार सिंहको नेतृत्वमा सुरु गरिएको यो पहलले ‘जनताको कुरा मुख्यमन्त्रीसम्म’ भन्ने नारालाई व्यवहारमा उतार्न सहयोग पुर्याउनेछ। नागरिकहरूले टेलिफोन, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत मुख्यमन्त्रीसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।
सरकारले गुनासो टिपोट, ट्रयाकिङ र समाधान प्रक्रियालाई अनलाइन ड्यासबोर्डमार्फत पारदर्शी र छिटो बनाउने तयारीमा रहेको छ। ‘हेल्लो सिएम’ कार्यक्रम केवल गुनासो सुन्न मात्र नभई समाधानमुखी पनि हुनेछ र नीति निर्माणमा जनप्रतिनिधित्वलाई सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
मधेश प्रदेश सरकारले यस कार्यक्रमलाई समावेशी, पारदर्शी र दिगो शासनका लागि आधारस्तम्भका रूपमा विकास गर्ने बताएको छ।
कमेन्ट गर्नुहोस्
view comments