संघीय सेवा ऐनको मागमा निजामती कर्मचारीहरुको कालोपट्टी आन्दोलन सुरु

21 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ २५ गते ।  संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका निजामती कर्मचारीहरू अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन्। ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा कर्मचारीहरूले आजदेखि कालोपट्टी बाँधेर कार्यालयमा सेवा प्रवाह गर्दै विरोध जनाउन थालेका हुन्। आन्दोलनकारी कर्मचारीहरूले ऐन जारी नभएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।

निर्देशक समितिमा प्रमुख राजनीतिक दलहरूसँग निकट रहेका विभिन्न कर्मचारी संगठनहरू आवद्ध छन्, जसमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका संगठनहरू समावेश छन्। समितिको जेठ २० गते बसेको बैठकले आन्दोलनका चरण तय गर्दै जेठ २५ गतेदेखि अनिश्चितकालीन रूपमा कालोपट्टी बाँध्ने निर्णय गरेको थियो। आन्दोलनको बीचमा सेवा प्रवाह भने प्रभावित नगर्ने बताइए पनि, ऐन पारित नभएसम्म दबाबमूलक कार्यक्रम जारी रहने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?