देउवाको दाबी: "मधेशमा चाँडै कांग्रेस नेतृत्वको सरकार बन्नेछ"

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ २३ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा चाँडै कांग्रेस नेतृत्वको सरकार बन्ने दाबी गर्नुभएको छ। जनकपुरधामस्थित पार्टीको मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उहाँले आलोपालो सरकार गठनको सहमति अनुसार कांग्रेसको पालो आएको र चाँडै सत्ता सहयात्री दलहरूसँग छलफल गरेर सरकार गठन गरिने बताउनुभयो।

सभापति देउवाले सत्ता साझेदारहरूसँग चाँडै औपचारिक संवाद सुरु हुने स्पष्ट पार्दै “अब छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ,” भन्ने आशय व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?