सार्वजनिक यातायात बन्द हुँदा यात्रुहरू हैरान, व्यवसायी आन्दोलन फिर्ता गर्न तयार छैनन्

17 दिन पहिले प्रकाशित

काठमाडौं,जेठ २० गते । राइड सेयरिङसम्बन्धी निर्देशिका फिर्ता गर्नेलगायत विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि हजारौं यात्रु मारमा परेका छन्। गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ निर्देशिका फिर्ता गर्न सरकार तयार भएपछि व्यवसायीहरूसँग ६ बुँदे सहमति भए पनि उनीहरूले आन्दोलन तत्काल फिर्ता नगर्ने अडान राखेका छन्।

सोमबार राति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहमति भए पनि व्यवसायीहरूले आफ्ना सबै माग पूर्णरूपमा कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक सवारी साधन प्रभावित हुँदा यात्रुहरू वैकल्पिक साधनको खोजीमा अलपत्र परिरहेका छन्। व्यवसायीहरू र सरकारबीच संवाद जारी रहे पनि जनजीवन अझै सामान्य हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?