दरबार हत्याकाण्डका दिवङ्गतको स्मृतिमा दीप प्रज्वलन, जुलुस र धर्ना स्थगित
3 महीना पहिले प्रकाशित

काठमाडौँ, जेठ १९ गते । राजतन्त्रको पक्षमा सक्रिय संयुक्त जनआन्दोलन समितिले २४ वर्षअघि भएको नारायणहिटी दरबार हत्याकाण्डमा मारिएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्ने भएको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा सोमबार जारी विज्ञप्तिमा साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने उल्लेख गरिएको छ।
विज्ञप्तिमा शोक दिवसको अवसरमा कुनै जुलुस वा धर्ना आयोजना नगर्ने स्पष्ट गरिएको छ। संयोजक सुवेदीले दीप प्रज्वलन कार्यक्रममा सहभागी भइ दिवङ्गतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न आन्दोलनकारी तथा सर्वसाधारणलाई अनुरोध गरेका छन्। २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारभित्र तत्कालीन राजा वीरेन्द्रसहित १० जनाको हत्या भएको थियो, जसको स्मृतिमा हरेक वर्ष विभिन्न कार्यक्रमहरू हुँदै आएका छन्।
कमेन्ट गर्नुहोस्
view comments