देशभर अनिश्चितकालीन यातायात बन्द, राइड सेयरिङ सेवामा मनपरी भाडा असुली
3 महीना पहिले प्रकाशित

काठमाडौँ, जेठ १९ गते । सार्वजनिक यातायात बचाउन गठित केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभर सार्वजनिक सवारी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। यातायात व्यवसायीहरूले गाडी ग्यारेजमै थन्क्याएपछि काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि कार्यालय जानेलगायत सर्वसाधारण यात्रुहरू गन्तव्यमा पुग्न सकस भोगिरहेका छन्।
यातायात बन्दसँगै राइड सेयरिङ सेवामा मनपरी भाडा असुली भइरहेको भन्दै यात्रुहरूबाट गुनासो आउन थालेको छ। पठाओ, इन्ड्राभ, टुटलजस्ता कम्पनीहरूले मोबाइल एपमै भाडा बढाएर राख्नुका साथै केही चालकले अफलाइन बार्गेनिङ गर्दै अत्यधिक भाडा लिएको आरोप लागेको छ। नेपाल प्रहरीले यस्तो कार्य नगर्न र गुनासो परेमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ मा सम्पर्क गर्न अनुरोध गर्दै सूचना सार्वजनिक गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments