प्रधानमन्त्री ओलीद्वारा मधेसमा ‘एक निर्वाचन क्षेत्र : एक सडक’ अन्तर्गत ६४ सडकको एकसाथ शिलान्यास

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवपूर्ण योजना ‘एक निर्वाचन क्षेत्र : एक सडक’ कार्यक्रम अन्तर्गत ६४ वटा सडकको आइतबार विद्युतीय माध्यममार्फत एकैपटक शिलान्यास गरेका छन्। यो आयोजना प्रदेशभर पूर्वाधार विकासलाई तीव्रता दिने उद्देश्यले अघि बढाइएको हो।

जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजित कार्यक्रमको आयोजना प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारको प्रयासको प्रशंसा गर्दै समावेशी विकासमार्फत जनताको जीवनस्तर उकास्न यस्ता योजनाहरू महत्वपूर्ण हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?