सरकारी कर्मचारीको तलब नबढाइ महँगी भत्ता ५ हजार पुर्‍याइयो

3 महीना पहिले प्रकाशित

काठमाडौं,जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब वृद्धि नगर्ने निर्णय गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तलब बढाउनुपर्ने आवश्यकता भए पनि स्रोत अभावका कारण सम्भव नभएको स्पष्ट पारे।

यद्यपि, सरकारले महँगी भत्ता भने बढाएको छ। अब कर्मचारीहरूले मासिक ५ हजार रुपैयाँ महँगी भत्ता पाउने छन्, जुन यसअघि ४ हजार रुपैयाँ थियो। साथै, कर्मचारीहरूको लागि अन्य सुविधाहरूमा समेत केही सुधार गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?