काठमाडौं,जेठ १५ गते । सरकारले वृद्धभत्ता प्राप्त गर्नुपर्ने उमेर हद बढाएको छ। अबदेखि ७० वर्ष पुगेका नागरिकले मात्र वृद्धभत्ताको सुविधा प्राप्त गर्न सक्नेछन्। यसअघि ६८ वर्ष पुगेकाले भत्ता पाउने व्यवस्था थियो।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उमेर सीमा परिवर्तन गरिएको जानकारी दिएका हुन्। सरकारले सामाजिक सुरक्षा खर्च व्यवस्थित गर्न यो निर्णय गरेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments