राजावादी प्रदर्शनमा घुसपैठको आरोप, रत्नपार्कबाट दुई जना पक्राउ

3 महीना पहिले प्रकाशित

काठमाडौं,जेठ १५ गते । काठमाडौंमा आज राजसंस्था पुनर्स्थापनालगायतका मागसहित राजावादी समूहले आयोजना गरेको प्रदर्शनमा घुसपैठको आरोप लाग्दै दुई जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राप्रपाको अगुवाइमा भइरहेको उक्त आन्दोलनमा संलग्न नभएको आशंकामा उनीहरूलाई रत्नपार्क क्षेत्रबाट पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको हो।

प्रदर्शनको क्रममा उपत्यकाका सातवटा स्थानबाट जुलुस निकालेर सहभागीहरू भृकुटीमण्डपमा भेला भएका छन्। राजसंस्था पुनर्स्थापना, हिन्दूराष्ट्रको मागसहितको आन्दोलनमा उल्लेख्य उपस्थिति देखिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ। पक्राउ परेका व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?