पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी विमला महतको निधन
3 महीना पहिले प्रकाशित

काठमाडौं,जेठ १५ गते । पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितकी धर्मपत्नी विमला महतको ६० वर्षको उमेरमा निधन भएको छ। महतको गएराति १२:४५ बजे निधन भएको हो। लामो समयदेखि मांसपेशीसम्बन्धी दुर्लभ रोगबाट पीडित रहिएकी महतको स्याहारमा पण्डित विगत एक वर्षदेखि निरन्तर लागिपरेका थिए।
पूर्वमन्त्री पण्डितले सामाजिक सञ्जालमार्फत पत्नीको निधनबारे जानकारी दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, “मेरो जीवन संगिनी विमला महतले १२:४५ मा मलाई एक्लो बनाइ।” महतको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तिहरूले श्रद्धाञ्जलि व्यक्त गर्दै पण्डितप्रति समवेदना प्रकट गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments