गृहमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभामा पनि अवरोधको चेतावनी
1 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ १४ गते । भिजिट भिसा प्रकरणले राजनीतिक तातो मोड लिँदै गर्दा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभामा समेत गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर अछामीले मानव तस्करीमा गृहमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदै लेखकले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताए।
सांसद अछामीले भिजिट भिसाको आवरणमा भइरहेको अवैध गतिविधिको निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न गृहमन्त्रीको राजीनामा अपरिहार्य रहेको तर्क गरे। उनले गृहमन्त्रीले राजीनामा नदिए राष्ट्रिय सभाको बैठक समेत अवरुद्ध गर्ने चेतावनी पनि दिए। यसअघि प्रतिनिधिसभामा समेत विपक्षी दलहरूले यही विषयमा बैठक अवरुद्ध गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन्। यो प्रकरणले सत्ता पक्षलाई थप दबाबमा पारेको छ।
कमेन्ट गर्नुहोस्
view comments