राजावादी प्रदर्शन: ७४ जनाविरुद्ध राज्यविरुद्धको मुद्दा दायर गर्न तयारी

3 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ ११ गते । काठमाडौंको चैत १५ गते भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ७४ जनाविरुद्ध राज्यविरुद्धको कसुरलगायत विभिन्न अभियोगमा मुद्दा चल्ने भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले करिब दुई महिना लामो अनुसन्धानपछि १०८ जना मध्ये ७४ जनाविरुद्ध अभियोग चलाउनुपर्ने निष्कर्षसहित प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो। उनीहरूलाई राज्यविरुद्धको अपराध, अपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी अभियोगमा मुद्दा दायर गरिनेछ।

सरकारी वकिल कार्यालयले प्रतिवेदनको अध्ययन गरी आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ। बाँकी केही व्यक्ति अझै पक्राउ पर्न बाँकी छन् भने केहीलाई हिरासत बाहिर राखेर अनुसन्धान भइरहेको छ। राप्रपाका महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत केही नेताहरू हाजिरी जमानीमा छुटेका छन्। अदालतमा मुद्दा दर्ता भएपछि उनीहरूलाई बयानका लागि अदालतमा उपस्थित गराउने तयारी प्रहरीले गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?