मधेश सरकारले एक लाख रोजगारी सिर्जना गर्ने नीति ल्याउने तयारी
7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ११ गते । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहले प्रदेश सरकारले एक लाख जनालाई रोजगारी दिने उद्देश्यसहितको नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको बताएका छन्। नेपाल होटेल तथा पर्यटन व्यवसायी महासंघ, मधेश प्रदेशद्वारा शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री कुशवाहाले रोजगारी सिर्जनाका लागि सरकार आवश्यक गृहकार्यमा जुटेको जानकारी दिए। उनले कृषि, उद्योग तथा पर्यटन क्षेत्रलाई रोजगारीको प्रमुख आधार बनाउँदै लगानी प्रवर्द्धन गर्ने कार्यक्रम ल्याउन लागिएको बताए।
मन्त्री कुशवाहाका अनुसार मधेशभित्रका नयाँ पर्यटकीय क्षेत्रहरूको पहिचान र विकास पनि सरकारको प्राथमिकतामा रहेको छ। उनले अब टुक्रे योजनामा होइन, निश्चित गन्तव्य निर्माणमा लगानी केन्द्रित गर्ने रणनीतिमा सरकार रहेको उल्लेख गरे। पर्यटन पूर्वाधारको सुदृढीकरणमार्फत दीगो रोजगारी सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको उनको भनाइ छ।
कमेन्ट गर्नुहोस्
view comments