मधेश प्रदेश मन्त्रिमण्डल पुनर्गठन, जनमत पार्टीका दुई मन्त्री फिर्ता

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ९ गते । जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारले मन्त्रिमण्डल पुनर्गठन गर्दै दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। मुख्यमन्त्री सतीश कुमार सिंहको नेतृत्वमा रहेको सरकारबाट वन तथा वातावरण मन्त्री त्रिभुवन साह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलीलाई पदबाट हटाइएको हो। बिहीबार अबेर साँझ गरिएको पुनर्गठनअनुसार सञ्जय कुमार यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने वसन्त कुशवाहाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेका छन्।

नवनियुक्त दुवै मन्त्रीले साँझ नै शपथग्रहण गरी तत्काल कार्यभार सम्हालेका छन्। तर बजेट प्रस्तुत हुने मिति नजिकिँदै गर्दा गरिएको यो मन्त्री फेरबदलले सामाजिक सञ्जालमा सरकारप्रति नकारात्मक प्रतिक्रिया उत्पन्न गरेको छ। सरकारको स्थायित्व र कार्यसम्पादनमा यसले प्रश्न उठाएको भन्दै आलोचना भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?