परराष्ट्रमन्त्री र जाइकाका अध्यक्षबीच टोकियोमा भेटवार्ता, सहयोगका क्षेत्रबारे छलफल

1 दिन पहिले प्रकाशित

काठमाडौंं, जेठ ९ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोसँग टोकियोस्थित जाइकाको मुख्यालयमा भेटवार्ता गरेकी छन्। उक्त भेटमा नेपाल-जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका विविध विषयमा गहिरो छलफल भएको थियो। मन्त्री राणाले विगत लामो समयदेखि जापान सरकारले जाइकामार्फत नेपालमा प्रदान गर्दै आएको आर्थिक, सामाजिक तथा पूर्वाधार विकाससम्बन्धी सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्।

भेटका क्रममा मन्त्री राणाले नागढुंगा सुरुङमार्ग निर्माण, सिन्धुली–बर्दिबास सडक मर्मत तथा अन्य परियोजनामा जापान सरकारको सक्रिय भूमिका र सहयोगको उच्च मूल्याङ्कन गरिन्। साथै, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, सुशासन प्रवर्द्धन, प्रजातन्त्रको सुदृढीकरण तथा ज्येष्ठ नागरिक सम्बन्धी मुद्दाहरूमा समेत विस्तृत छलफल भएको थियो। मन्त्री राणाले जाइका नेपालको दीर्घकालीन विकास साझेदारका रूपमा रहेको उल्लेख गर्दै सहकार्य अझ विस्तार गर्नुपर्नेमा जोड दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?