डा. विजय जोलीले नेपालको धर्मनिरपेक्षता र सार्कको भविष्यबारे बोले, नेपाल–भारत सम्बन्धलाई बलियो प्रतिबद्धता

3 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ ७ गते ।  भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले नेपाल भ्रमणका क्रममा नेपालको धर्मनिरपेक्षताबारे जनताको मत बुझ्नुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले धर्मनिरपेक्षतासम्बन्धी विषयमा नेपाली जनताको धारणा बुझ्दा राम्रो हुने सुझाव दिएका छन्। यद्यपि उनले नेपालभित्रका सबै निर्णय नेपाली जनता र राजनीतिक दलहरूको अधिकारमा रहेको स्पष्ट पारे।

डा. जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को प्रभावकारिता समाप्त भइसकेको टिप्पणी गर्दै यसको निष्प्रभावी हुनमा पाकिस्तानलाई दोषी ठहराए। उनले नेपाल–भारत सम्बन्ध अटुट रहेको उल्लेख गर्दै यसलाई निरन्तर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे। साथै, नेपाल–भारतबीच रोटी र बेटीको सम्बन्धसँगै सामाजिक र सांस्कृतिक क्षेत्रहरूमा पनि गहिरो सम्बन्ध रहेको र भारतले नेपालमा बहुदलीय लोकतन्त्रको पक्षमा सदैव समर्थन गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?