गौशालामा ब्रेक फेल भएको बसको ठक्कर, आठ सवारी साधन क्षतिग्रस्त, १५ घाइते

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ ७ गते । काठमाडौँको गौशालामा बुधबार बिहान एयरपोर्टतर्फ जाँदै गरेको बाबा गोकर्णेश्वर यातायातको बा५ख ६७३५ नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित भइ दुर्घटना भएको छ। उक्त बसले कार, हायस, मोटरसाइकल र स्कुटरसमेत गरी आठ वटा सवारी साधनलाई ठक्कर दिएको हो। दुर्घटनामा परी १५ जना घाइते भएका छन्, जसलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा लगिएको छ।

प्रहरीका अनुसार क्षति भएका सवारीमा तीनवटा कार, दुईवटा मोटरसाइकल, एकवटा हायस र एकवटा स्कुटर रहेका छन्। दुर्घटनापछि बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाले गौशाला क्षेत्रमा केही समय ट्राफिक अवरोधसमेत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?