चितवनको रिसोर्टमा डुबेर युवकको मृत्यु, आठ जना साथी प्रहरी नियन्त्रणमा

3 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ ७ गते । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा भरतपुर–२२ निवासी २५ वर्षीय लोकेश महतोको डुबेर मृत्यु भएको छ। मङ्गलबार राति साथीहरूसँग पौडी खेल्न गएका महतो पोखरीमा डुबेको अवस्थामा फेला परेपछि घटनाबारे अनुसन्धान सुरु गरिएको छ।

घटनासँग सम्बन्धित भन्दै प्रहरीको प्रारम्भिक अनुसन्धानपछि उनका आठ जना साथीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भरतपुरका सिमन थापा, प्रवीण घिमिरे, मेघलाल चुडाल, दिपेश महतो, शुबु खत्री, आदेश सुवेदी, आशिष शर्मा र लमजुङका नारायण बस्नेत रहेका छन्। चितवन प्रहरीले उनीहरूविरुद्ध थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?