देशभर बदली मौसम, विभिन्न प्रदेशमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

3 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ ७ गते । नेपालमा पश्चिमी वायु प्रणालीसँगै बंगालको खाडी र अरब सागरबाट आउने जलवाष्पयुक्त हावाको आंशिक प्रभाव सक्रिय रहँदा देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको विस्तृत बुलेटिनअनुसार दिउँसो र राति पनि देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना कायम छ।

विशेषगरी कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रहरूमा एक-दुई स्थानमा हल्का हिमपात सम्भावित छ भने पहाडी तथा तराई भूभागमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा हल्का, १०–५० मिलिमिटर मध्यम, ५०–१०० मिलिमिटर भारी, १००–२०० मिलिमिटर धेरै भारी तथा २०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षा मानिन्छ। "थोरै स्थान", "केही स्थान" र "एक-दुई स्थान" भन्ने वर्गीकरण सम्बन्धित क्षेत्रको वर्षा प्रतिशतको आधारमा निर्धारण गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?