मकवानपुरमा गाडी दुर्घटना : ब्रेक फेल भई सडकबाट खस्दा तीन गम्भीर घाइते

3 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ ६ गते । मकवानपुरको भिमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्टी मोडमा गाडीको ब्रेक फेल भई दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्। चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको गाडी मंगलबार दिउँसो १ बजेतिर सडकबाट झण्डै २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले जानकारी दिए।

दुर्घटनामा परेका गाडीमा चालकसहित १४ जना सवार थिए। दुर्घटनापछि गाडी रूखमा अड्किएको अवस्थामा फेला परेको हो। प्रहरी चौकी चैसे, सिमभञ्ज्याङबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी हेटौंडा अस्पताल पठाएको छ। बाँकी यात्रुहरूको अवस्था सामान्य रहेको जनाइएको छ भने दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?