कास्कीको सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प, छिमेकी जिल्लामा समेत धक्का महसुस

3 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ ६ गते । मंगलबार दिउँसो कास्कीको सिनुवा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर ५९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको प्रभाव कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका छिमेकी जिल्लामा पनि महसुस गरिएको बताइएको छ।

यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो। लगातार देखिएका यस्ता मध्यम तीव्रताका भूकम्पहरूले भूगर्भीय चासो बढाएको भन्दै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका छन्। हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?