समिट एयरको लुक्ला उडेको जहाज प्राविधिक समस्या भएपछि काठमाडौं फर्काइयो
3 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ ५ गते । समिट एयरको ट्वीनअटर विमान सोमबार बिहान लुक्लाका लागि उडे पनि प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्किएको छ। फ्लाइट नम्बर ३०१ रहेको जहाज बिहान ७:२४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो। विमानका इन्जिनमा समस्या देखिएपछि उडानलाई तत्काल काठमाडौं फर्काउने निर्णय गरिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए।
समिट एयरको उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए। आकस्मिक अवतरण भए पनि सबै यात्रु सुरक्षित रहेको बताइएको छ। सुरक्षित अवतरणपछि यात्रुहरूलाई वैकल्पिक व्यवस्थाबारे तयारी भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments