काठमाडौँसहित रुपन्देही र धनुषाका विभिन्न स्थानमा तीन जनाको शव फेला

7 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ ४ गते ।  काठमाडौँसहित रुपन्देही र धनुषाका विभिन्न स्थानमा आइतबार तीन जना मृतावस्थामा फेला परेका छन्। काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थान नजिकै एक अन्दाजी ३० वर्षीय पुरुषको शव सडक छेउमा भेटिएको छ। उता, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ प्रभातपथमा ८० वर्षीया सकुन्तला लम्साल शनिबार आफ्नै घरमा मृत फेला परेकी हुन्।

त्यसैगरी, धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित पुजारी टोल निवासी तथा सोही गाउँपालिकाको कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी कुशेशर पासवान आइतबार कार्यालयमै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। तीनै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?