भारतको बन्दरगाह प्रतिबन्ध: बंगलादेशबाट आयात हुने तयारी पोशाकलगायत वस्तुमा रोक, नेपाल र भुटानलाई छूट

3 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ ४ गते । भारतले बंगलादेशबाट हुने तयारी पोशाक, प्रशोधित खाद्य वस्तु, फलफूल, प्लास्टिक, कपास, रंग र फर्निचरजस्ता सामग्रीको आयातमा बन्दरगाह प्रतिबन्ध लगाएको छ। भारतीय वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (DGFT) ले शनिबार जारी सूचना अनुसार, अब यी वस्तुहरूको आयात स्थल सीमाबाट गर्न नपाइनेछ र केवल मुम्बईको न्हावाशेवा तथा कोलकाताको समुद्री बन्दरगाहमार्फत मात्र अनुमति दिइनेछ। प्रतिबन्ध तत्काल लागू हुने जनाइएको छ। तर, माछा, एलपीजी, गिट्टी र खाद्य तेलजस्ता वस्तु भने यस निर्णयबाट प्रभावित हुने छैनन्।

भारतको यो निर्णय बंगलादेशले भारतीय निर्यातमा लगाएको उच्च शुल्क, सशक्त निरीक्षण प्रक्रिया तथा चीनसँगको राजनीतिक व्यवहारको प्रतिक्रिया स्वरूप लिएको बताइएको छ। बंगलादेशका कार्यवाहक प्रधानमन्त्री मोहम्मद युनुसले चीनमा भारतको पूर्वोत्तर राज्यहरूबारे दिएका टिप्पणीले पनि यो प्रतिबन्धलाई प्रभावित पारेको मानिन्छ। युनुसले ती राज्यहरूलाई समुद्रसम्मको पहुँच नभएको भन्दै बंगलादेशलाई हिन्द महासागरको संरक्षकका रूपमा प्रस्तुत गरेका थिए। तर, यो प्रतिबन्ध भारत हुँदै नेपाल र भुटान जाने बंगलादेशी वस्तुमा लागू नहुने स्पष्ट गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?