बजेट पेसको मिति गणतन्त्र दिवससँग नजुधोस्: नेता निधिको सुझाव
8 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ १ गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गणतन्त्र दिवससँग जुध्ने गरी आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेस गर्ने चलनलाई परिवर्तन गर्न सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जेठ १५ गते गणतन्त्र दिवस र बजेट प्रस्तुति एउटै दिन परेकाले दुबैको महत्व घट्ने बताएका हुन्।
सांसद निधिले संविधानमा मिति उल्लेख भएकाले परिवर्तन गर्न सरकारलाई कठिन हुन सक्ने स्वीकार गर्दै पनि त्यसबारे गम्भीर पुनर्विचार आवश्यक रहेको बताए। साथै, उनले सभामुख देवराज घिमिरेलाई संसद्को कार्यसूची निर्धारण गर्ने अधिकार प्रयोग गरी बजेट प्रस्तुतिको मिति पुनः निर्धारण गर्न अनुरोध गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments