जनताको सेवामा असमर्थ भएको भन्दै लुम्बिनीकी जनमत सांसद गीता गुरुङको राजीनामा
1 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख ३० गते । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन्। उनले पदमा बसेर जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताउँदै, जनताको करबाट पारिश्रमिक लिन आफूलाई योग्य नठानेको स्पष्ट पार्दै राजीनामा दिएकी हुन्। सभामुखसमक्ष बुझाएको पत्रमा गुरुङले देशको परिस्थिति र जनताको अपेक्षा बुझेर नै यो निर्णय लिएको उल्लेख गरेकी छन्।
राजीनामा पत्रमा उनले जनताको सेवामा आफूबाट अपेक्षित योगदान नहुनुमा पीडा व्यक्त गर्दै, आफ्ना मतदातालाई निराश पार्नु उचित नभएको धारणा राखेकी छन्। समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्य बनेकी गुरुङले "देश र जनता भन्दा माथि कोही हुन सक्दैन" भन्दै जनप्रतिनिधिको भूमिकाप्रति गम्भीर प्रतिबद्धता प्रकट गरेकी छन्।
कमेन्ट गर्नुहोस्
view comments