२५६९औँ बुद्ध जयन्ती आज, विश्वभर श्रद्धापूर्वक मनाइँदै

2 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख २९ गते ।  आज २५६९औँ बुद्ध जयन्ती देश विदेशमा श्रद्धा र भक्ति साथ मनाइँदैछ। भगवान् गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनै घटना वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यस दिनलाई बौद्ध धर्मावलम्बीहरूले 'त्रिसंयोग दिवस' को रूपमा विशेष महत्वका साथ मनाउने परम्परा रहिआएको छ। लुम्बिनीमा इसापूर्व ५६३ मा राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो।

बुद्धत्व प्राप्तिका लागि सिद्धार्थले २९ वर्षको उमेरमा घर–परिवार त्यागी ज्ञानको खोजमा प्रस्थान गरेका थिए। छ वर्ष लामो तपस्यापछि, इसापूर्व ५२८ मा भारतको बोधगयामा उनले ३५ वर्षको उमेरमा ज्ञान प्राप्त गर्दै बुद्धत्व प्राप्त गरेका थिए। बुद्धले चार आर्य सत्य, आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेशद्वारा मानव समाजलाई शान्ति, सत्य र करुणाको बाटो देखाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?