सांसद ढकालको संसदमा कडा टिप्पणी : 'त्रिभुवन विमानस्थलमा यात्रुहरूलाई अपराधीझैँ व्यवहार गरिन्छ'

22 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख २८ गते । सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनप्रति गम्भीर असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद ढकालले अध्यागमन प्रणालीदेखि भन्सार सेवासम्मको समग्र संरचना सुधारको माग गरेका हुन्।

उनले विमानस्थलको प्रविधि न त आधुनिक रहेको न त प्रयोगमैत्री भएको आरोप लगाए। "अध्यागमन प्रविधिमैत्री छैन, यात्रीहरूलाई अपराधीझैँ व्यवहार गरिन्छ," ढकालले भने, "लगेज पाउन एक घण्टासम्म कुर्नुपर्छ, भन्सारमा अनावश्यक दुःख दिइन्छ।"

उनले विमानस्थलमा भइरहेको दुर्व्यवहार तत्काल अन्त्य गरी यात्रुमैत्री सेवा सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?