भारत-पाक तनावपछि चीनको सतर्कता: नेपालस्थित चिनियाँ नागरिकलाई सीमा नजिक नजान दूतावासको आग्रह
20 घन्टा पहिले प्रकाशित

काठमाडौं, वैशाख २६ गते । भारत र पाकिस्तानबीचको बढ्दो तनावका बीच नेपालस्थित चिनियाँ दूतावासले नेपालमा रहेका आफ्ना नागरिकलाई नेपाल-भारत सीमाबाट टाढा रहन आग्रह गरेको छ। दूतावासले जारी गरेको एडभाइजरीमा नेपाल र भारतबीच खुला सीमा रहेको अवस्थालाई ध्यान दिँदै चिनियाँ नागरिकहरू अनजानेमा भारत प्रवेश गर्ने सम्भावना भएकाले सतर्क रहन अनुरोध गरिएको छ।
भारत-पाकिस्तानबीचको राजनैतिक अस्थिरता र त्यसका कारण कडिएको सीमा सुरक्षा अवस्थाका बीच चिनियाँ दूतावासको चेतावनी आएको हो। दूतावासले नेपालमा बसोबास गरिरहेका नागरिकहरूलाई वैध कागजात बिना भारतीय भूभागतर्फ नजान र सीमा क्षेत्रमा सतर्कता अपनाउन विशेष ध्यान दिन आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments