वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन

1 दिन पहिले प्रकाशित

काठमाडौं,वैशाख २३ गते ।  पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप नेपालको मंगलबार दिउँसो ४:१५ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ। ७१ वर्षीय नेपाल पार्किन्सन रोगबाट दीर्घकालीन रूपमा पीडित थिए भने पछिल्लो समय निमोनियासमेत देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। स्वास्थ्य अवस्था गम्भीर बनेपछि सोमबार उनलाई आईसीयूमा सारिएको थियो।

नेता नेपाल मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। सक्रिय राजनीति छाडेपछि उनी साहित्यिक क्षेत्रमा क्रियाशील बनेका थिए। 'सञ्जय थापा' उपनामले चिनिने नेपालले एक दर्जनभन्दा बढी उपन्यास लेखेका छन्, जसमा एमाले नेता मदन भण्डारीको जीवनमा आधारित उपन्यास 'बर्बरिक' विशेष चर्चित छ। उनकाे निधनसँगै नेपाली राजनीति र साहित्य दुवै क्षेत्रले एक प्रतिभाशाली व्यक्तित्व गुमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?