नेपाल मुस्लिम इत्तेहाद संगठनमा हारून हलवाई कादरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

8 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख २२ गते ।  नेकपा (एमाले) निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं अधिवेशनले हारून हलवाई कादरीको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। आइतबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा तैयब हुसेन, महिला उपाध्यक्षमा सजिदा सिद्धिकी, र महासचिवमा राज मोहम्मद अन्सारीलाई निर्वाचित गरेको निर्वाचन समितिले जानकारी दिएको छ।

संगठनका अन्य पदाधिकारीमा जबुल मियाँ उपमहासचिव, अब्दुल करिम खान अर्थसचिव, सुलेमान मियाँ विदेश सचिव, हलिम खान संगठन सचिव र रिसासत लिमी प्रचार सचिव चयन भएका छन्। नेपालगञ्जमा सम्पन्न सातौं महाधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले शनिबार गरेका थिए। संगठनले नेतृत्व चयन सर्वसम्मत रूपमा सम्पन्न भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?