प्रिसा साहको रहस्यमय मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सभामुखको सरकारलाई निर्देशन
3 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख २२ गते । भारतको किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको रहस्यमय मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन्। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले मृत्यु प्रकरणलाई गम्भीरतापूर्वक उठाएपछि सभामुखले उक्त घटना राष्ट्रको संवेदनशील विषय भएको उल्लेख गर्दै गहिरो अनुसन्धान गर्न सरकारलाई रुलिङ दिएका हुन्। उनले विद्यार्थीको मृत्युपछि परिवारलाई आवश्यक सहयोग पुर्याउन र घटना सम्बन्धमा भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउन पनि आग्रह गरे।
सभामुख घिमिरेले उज्यालो भविष्यका सपना बोकेर विदेश गएका विद्यार्थीहरू एकपछि अर्को गरी रहस्यमय ढंगले ज्यान गुमाइरहेको घटनाले गम्भीर राष्ट्रिय चिन्ता उत्पन्न गरेको बताए। यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालको पनि रहस्यमय मृत्यु भएको थियो। सभामुखले दीर्घकालीन सुरक्षा रणनीति तय गर्दै विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको जीवन र सुरक्षामा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए।
कमेन्ट गर्नुहोस्
view comments