तराई–मधेशका नेतामाथि अन्याय भएको अध्यक्ष महन्थ ठाकुरको गुनासो

8 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख २२ गते ।  लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई–मधेशका नेताहरूमाथि राज्यले निरन्तर अन्याय गर्दै आएको भन्दै प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। सोमबार संसदको आकस्मिक समयमा बोल्दै उनले थारु र मधेशी समुदायप्रति राज्यको दृष्टिकोण विभेदकारी रहेको आरोप लगाए। ठाकुरले आफूहरूलाई पटक–पटक अन्याय सहनुपरेको तर राज्यले आवाज नसुनेको गुनासो गरे।

उनले सार्वजनिक रूपमा भएको दुर्व्यवहारका घटनाहरू अब संसदमार्फत देशवासीसमक्ष ल्याउने चेतावनी पनि दिए। अध्यक्ष ठाकुरले रेशम चौधरीलाई झुटा कागजातका आधारमा पक्राउ गरी पाँच घन्टा जेलमा राखिएको घटनालाई उदाहरण दिँदै राज्यको रवैया प्रतिकूल रहेको बताए। उनले विजेता समूहले नै न्यायको कुर्सी ओगटेकाले न्याय पाउन नसकेको गुनासो गर्दै यथाशीघ्र यसप्रति गम्भीर ध्यान दिन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?