सीता महोत्सवमा सार्वजनिक बिदा दिन सांसद यादवको माग

3 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख २२ गते ।  प्रतिनिधिसभा सांसद रामकृष्ण यादवले सीता महोत्सवको अवसरमा सार्वजनिक बिदा दिन माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले वैशाख २३ गते पर्ने सीता जन्मोत्सवमा सरकारी बिदा दिन गृह मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।

उनले नेपाललाई ‘सीताको देश’ भनेर चिनिने उल्लेख गर्दै सीता माता नेपालकी सुपुत्री भएको र उहाँ धैर्य, सहनशीलताको प्रतिक हुनुहुने बताए। यादवले सनातन धर्मावलम्बीहरूको आस्थाकी प्रतीक श्री जानकी माताको जन्मोत्सवका दिन सार्वजनिक बिदा दिनु उपयुक्त हुने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?