भारत–पाकिस्तान तनावपछि नेपाली सीमामा कडाइ, निगरानीमा पाकिस्तानी नागरिक

2 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १९ गते । जम्मु–कस्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ पर्यटक मारिएपछि भारत–पाकिस्तानबीचको बढ्दो तनावले नेपालमा पनि सुरक्षा प्रभाव पारेको छ। भारत र पाकिस्तानले एकअर्काका नागरिकलाई देश छाड्न दिएको अल्टिमेटमपछि नेपाली सीमा हुँदै छिर्ने पाकिस्तानी नागरिकमाथि निगरानी कडा पारिएको हो। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमा क्षेत्रमा कडाइ गर्दै निगरानी बढाएको छ भने नेपालतर्फ सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त गस्ती थालेका छन्।

विशेष गरी भारतसँग जोडिएका तराई क्षेत्रका सीमावर्ती जिल्लाहरूमा सुरक्षा सतर्कता उच्च बनाइएको छ। झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म गस्ती बढाइएको छ भने मधेश प्रदेशमा पनि प्रहरी अतिरिक्त सतर्क बनेको छ। भारतको सत्तारूढ दल भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालको भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकसँग भेट गरी सीमा सुरक्षामा चासो व्यक्त गरेपछि सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?