देशभर आंशिक बदली, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

2 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १९ गते । देशभर हाल पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आंशिकदेखि सामान्य बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपात पनि हुन सक्नेछ।

रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना यथावत् रहेको विभागले जनाएको छ। मौसममा अस्थिरता देखिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?