किट विश्वविद्यालयमा फेरि एक नेपाली छात्रा मृत फेला

2 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १९ गते । भारतको ओडिसास्थित किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा फेरि मृत अवस्थामा फेला परेकी छन्। वीरगञ्जकी प्रिसा साह, जो स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन्, बिहीबार साँझ कलेजको होस्टेल कोठामा मृत फेला परेकी हुन्। उनी हालैको परीक्षा दिनका लागि सोही होस्टेलमा बस्दै आएकी थिइन्।

यसअघि गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल पनि होस्टेलमै मृत भेटिएकी थिइन्। दुवै छात्रा एउटै होस्टेलमा बस्दै आएको जनाइएको छ। प्रिसा साहको मृत्युको कारण अझै स्पष्ट नभए पनि आत्महत्याको आशंका गरिएको छ। उनको शव अहिले पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?