गभर्नर नियुक्ति विवादले मन्त्रिपरिषद् बैठक स्थगित
5 दिन पहिले प्रकाशित

काठमाडौं, वैशाख १९ गते । आज बिहान १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक एक्कासी स्थगित गरिएको छ। बैठकसँगै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम पनि रोकिएको छ। बैठकले आज नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा निर्णय लिने अनुमान गरिएको थियो।
बैठक स्थगित हुनुको कारण सत्ता गठबन्धनभित्र गभर्नर नियुक्तिलाई लिएर अझै पूर्ण सहमति नजुट्नु भएको आशंका गरिएको छ। सत्ता साझेदार दलहरूबीच चलिरहेको अन्तरविरोधकै कारण मन्त्रिपरिषद् बैठक रोकिएको हो भन्ने राजनीतिक वृत्तको आकलन छ।
कमेन्ट गर्नुहोस्
view comments