बिहारमा विधवा महिलामाथि चार वर्षसम्म यौन शोषण, धम्की दिएर बनाइयो जबरन सम्झौतापत्र

9 घन्टा पहिले प्रकाशित

एजेन्सी, वैशाख १८ गते । बिहारको पूर्वी चंपारण अन्तर्गत चौतरवा थाना क्षेत्रबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। एक विधवा महिलाले आरोप लगाउँदै भनिन् कि छिमेकी दिलीप कुमार रायले पहिले सहानुभूति देखाएर सहायता गर्ने बहानामा आफूलाई नजिक ल्याए, अनि जबरजस्ती बलात्कार गरे। महिलाले आरोप लगाएकी छिन् कि घटनाको भिडियो खिचेर उनलाई ब्ल्याकमेल गर्दै चार वर्षसम्म निरन्तर यौन शोषण गरियो। मानसिक रूपमा चुरचुरिएकी पीडितले प्रहरीमा उजुरी दिँदै भनिन्– आरोपीले दुई लाख रुपैयाँको जबरन सम्झौतापत्रमा हस्ताक्षर गराएका थिए।

पीडितले थानामा दिएको उजुरीमा भनिएको छ कि उनका पतिको मृत्यु पछि उनी आफ्नो सानो छोरासँग एक्लै बस्दै आएकी थिइन्। सम्पत्ति विवादले गर्दा पीडित पहिल्यै मानसिक तनावमा थिइन्। सोही समय छिमेकीहरूले विश्वास जितेर सम्बन्ध बढाएका थिए। एक रात आरोपीले जबरजस्ती घर पसी छोरालाई छुट्टै कोठामा बन्द गरी बलात्कार गरेको बताइएको छ। एफआईआरमा सुभाषचंद्र दास, दिलीप कुमार राय, राजमोहन हाजरा, हरेन मंडल र शुभंकर दाससहित १० जनाको नाम उल्लेख गरिएको छ। उनीहरूले छोरालाई मार्ने धम्की दिंदै बंगाल पठाउने धम्कीसमेत दिएका थिए। यता, आरोपीहरूले आफूमाथिको आरोप निराधार भएको दाबी गर्दै निर्दोष रहेको बताएका छन् भने प्रहरीले अनुसन्धान अघि बढाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?